Friday, January 9, 2009

तनहुँको सदरमुकाम दमौलीमा आजदेखि दोस्रो तनहुँ महोत्सव शुरु

तनहुँको सदरमुकाम दमौलीमा आजदेखि दोस्रो तनहुँ महोत्सव शुरु भएको छ । महोत्सवको उदघाटन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुभयो । तनहँु महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूवाधार भन्ने मूल नाराका साथ शुरु भएको महोत्सवका मुख्य आकर्षाहरुमा कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, साँस्कृतिक प्रदर्शनी, धार्मिक एवं ऐतिहासिक स्थलको प्रवर्द्धन, सेतीमादी नदी जलविहार, लगायतका रहेका छन् । महोत्सवको अवलोकन स्वदेशी र विदेशी गरि करिव दुइ लाख पर्यटकले गर्ने विश्वास गरिएको छ । महोत्सव माघ पाँच गतेसम्म चल्ने छ ।।

source: Aveneus TV

No comments: