Saturday, February 21, 2009

कुसुण्डा राजामामाको राष

११ फागुन, दमौली । लोपोन्मुख कुसुण्डा जातिका राजामामाले राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री प्रचण्डलाई भेट्ने चाहना व्यक्त गरेका छन् ।



व्यास नगरपालिका, वडा नं. १ तालघारेस्थित डेरामा आज सञ्चारकर्मीसँगको भेटमा उनले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर कुसुण्डा जातिको हकहित र संरक्षणका साथै संविधानमा आफूहरूको अधिकार सुनिश्चित गर्न आग्रह गर्ने चाहना रहेको बताए ।



कुसुण्डा जातिले झेल्दै आएको दुःख र पीरमर्कासमेत पोख्ने आˆनो इच्छा भएको राजामामाको भनाई थियो ।



राजामामा कुसुण्डाकी श्रीमती इन्द्रमा कुसुण्डाले पनि राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्न मन लागेको बताइन् । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटने बाताबरण मिलाइदिन सम्वन्धीत पक्षलाई आग्रह समेत गरेका छन् ।



Source: Onlinekhabar

No comments: