Tuesday, June 9, 2009

संरक्षणको अभावमा लगानी खेर जाँदै

विश्व वातावरण दिवसको अवसर पारेर जिल्ला वन कार्यालय तनहुँको अगुवाईमा दमौलीको सत्यवति लाईनदेखी प्रशासन चोकसम्म अशोका विरुवा रोपिएपनि त्यसको संरक्षणका लािग उचित कदम नचालिएबाट त्यसमा गरिएको लगानी खेर जानेप्रति त्यसक्षेत्रका बासिन्दाले असन्तुष्टि प्रकट गरेका छन् ।

आफूहरुको घरअगाडि विरुवा रोपिएका कारण हर्षित भएका स्थानियबासी त्यसको संरक्षणका लागि कदम नचाल्दा रुष्ट बनेका हुन् । नगरको पर्यावरणको प्रवद्र्धनका र सुन्दरताका लागि भनी साना खालका अशोका विरुवा जिल्लाका विभिन्न कार्यालयको सहयोगमा वन कार्यालयले रोपकेा थियो । दिनहुँ सवारी आवत जावत हुने क्षेत्र भएका कारण पनि सुरक्षाको प्रबन्ध गर्न गाह्रो हुने स्थानियबासीले बताउँदै आएका छन् ।

यता जिल्ला वन कार्यालयका एक अधिकारीले भने यसको व्यवस्था गर्ने काम आफूहरुको नभै नगरपालिकाको भएको बताउनु भयो ।

Source: tanahunonline.com

No comments: