Monday, June 15, 2009

मादीको पुलले संकट निम्त्याउँदै

दुई सय किलोमिटर लामो पृथ्वी राजमार्गमा पर्ने सबैभन्दा लामो मादी नदी पुलको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ । तीनसय ७० मिटर लामो उक्त पुलमा दैनिक दर्जनौँ गाडी गुड्दा पुल थर्केर कमजोर बन्दै गएको स्थानीय बासिन्दा बताउँछन् ।

एक पटकमा एउटा मात्रै मादी भनेर लेखिएको सूचना बोडको समेत बेवास्ता गर्दै सवारी चालकहरूले पुलमा जथाभावी गाडी गुडाउने गरेका छन् ।

चिनियाँ सरकारको सहयोगमा २०३० सालमा रु. एक अर्बको लागतमा निर्माण गरिएको मादी नदीको पुलमा आठ वटा मोटर पिलरहरू रहेका छन् । मादी नदी पुलमुनिबाट ढुङ्गा, गिटी र बालुवा चोरी हुनुले पनि पुलको अस्तित्व सङ्कटमा पर्दै गएको हो । केही समयअघि पुल संरक्षणमा जुटेका व्यास नपा-७ पाटन निवासी के.वि गुरुङले एकल प्रयासले मात्रै आफ्नो केही नलागेको बताउनुभयो |

Source: Tanahunonline

No comments: