Monday, June 15, 2009

तनहुँमा घरजग्गाको कारोवारमा वृद्धि

तनहुँमा यसबर्ष घरजग्गाको कारोबारमा वृद्धि भएको छ । जिल्ला मालपोत कार्यालय तनहुँमा गत आर्थिक बर्ष २०६४।६५ मा ६ हजार ४ सय ७८ वटा जग्गाको दर्ता रजिष्ट्रेसन भएकामा यसबर्षको बैशाख मसान्त सम्ममा मात्र जम्मा ८ हजार नब्बे वटा घरजग्गाका कारोबार भएका छन् ।

गत आर्थिक बर्षमा रजिष्ट्रेशन वापत मालपोत कार्यालयले १ करोड ९९ लाख १८ हजार बराबरको राजस्व संकलन गरेकामा यस बर्ष सोमा वृद्धि हुन पुगी ३ करोड ५ लाख ४० हजार राजस्व संकलन भइसकेको छ ।

जिल्ला मालपोत कार्यालय तनहुँका प्रमुख खगेन्द्रराज घिमिरेले यसबर्ष जिल्लामा घरजग्गाको कारोबार उत्साहजनक रुपमा वृद्धि भएकाले संकलित राजस्वमा वृद्धि भएको जानकारी दिनुभयो ।

Tanahnuonline

No comments: